एसएलसीको परीक्षाफल आज, नतिजा अनिश रिजाल ब्लगस्पोट पनि हेर्न सकिने
२८ जेठ, काठमाण्डौं । एसएलसी परीक्षा २०६९
को नतिजा आज प्रकाशन हुने भएको छ । नतिजा प्रकाशनका बारेमा छलफल गर्न
एसएलसी बोर्ड बैठक आज बस्दै छ । बैठक अहिले केहीबेरमा परीक्षा नियन्त्रण
कार्यालय सानोठिमी भक्तपुरमा सुरु हुनेछ । बैठकमा नतिजा सार्वजनिक गर्ने
बारेमा छलफल हुनेछ । आजको बैठकमा रद्द गरिएका परीक्षार्थी, कारबाहीमा परेका
परीक्षार्थी, निरिक्षक, उत्कृष्ट केन्द्राध्यक्षलाई दिइने पुरस्कार र
गेसमार्कको मापदण्ड लगायतको बारेमा छलफल हुने छ ।
नतिजा प्रकाशनको पूर्व तयारी भइसकेको
भन्दै परीक्षा नियन्त्रक खगराज बर बोर्ड बैठकले नतिजा प्रकाशन गर्ने निर्णय
गरे आजै प्रकाशन गर्ने सम्भावना बढेको बताउनुभयो । प्रवेशिका परीक्षा
अर्थात २०६९ को एसएलसीमा कुल पाँच लाख ४७ हजार १ सय ६५ परीक्षार्थी सहभागी
भएका थिए । यस वर्षबाट एसएलसीको नतिजा पत्रिकामा प्रकाशिन नगर्ने परीक्षा
नियन्त्रण कार्यालयले यसअघिनै जानकारी गराइसकेको छ ।
परीक्षाको नतिज अनिश रिजाल ब्लगस्पोट मा
हेर्न सकिने छ । त्यस्तै परीक्षा नियन्त्रणको कार्यालयले पनि विभिन्न
वेवसाईट, एसएमएसबाट परीक्षाफल हेर्ने सुविधा मिलाइएको छ । जस अन्तर्गत
शिक्षा मन्त्रालयको वेवसाईट www.moe.gov.np शिक्षा विभागको www.doe.gov.np, परीक्षा नियन्त्रण कार्यालयको www.soce.gov.np र नेपाल टेलिकमको slc.ntc.np अन गरेर नतिजा हेर्न सकिने छ । त्यस्तै नेपाल टेलिकमको १६०० मा फोन गरेर पनि परीक्षाफल थाहा पाउन सकिने छ ।
No comments:
Post a Comment