Wednesday, June 12, 2013

शकाहारीको आयु लामो


शकाहारीको आयु लामो

मांशाहारीको तुलनामा शाकाहारीको आयु लामो हुने एक अनुसन्धानको विवरणमा जनाइएको छ ।
जर्नल अमेरिकन मेडिकल एसोसिएसनको इन्टरनल मेडिसिन जर्नलमा ७० हजार मानिसमाथि गरिएको अनुसन्धानको निष्कर्षमा भनिएको छ, मृत्यु दर घटाउन शाकाहारी भोजनले महिलाको तुलनामा पुरुषलाई बढी सहयोग पुग्दोरहेछ ।
अनुसन्धान टोलीका अनुसार शाकाहारी भोजनले मेटाबोलिक सिन्ड्रोम, उच्च रक्तचाप, इसेमिक हर्ट डिजिज, मधुमेहलगायतका कैयौँ दीर्घ रोगको सम्भावना कम हुन्छ ।
६० हजारभन्दा बढी बेलायतीमा यसअधि गरिएको अर्को अनुसन्धानले समेत मांशाहारीको दाँजोमा शाकाहारीलाई कम क्यान्सर हुने जनाएको थियो ।
क्यालिफोर्नियामा रहेको लोमा लिन्डा विश्वविद्यालयको अनुसन्धान टोलीले गरेको नयाँ अध्ययनले शाकाहारी र मांशाहारीबीचमा मात्र मृत्यु दरको फरक पाइन जीवनका अन्य विविध पक्षमा समेत भिन्नता पाइएको थियो ।
जस अनुसार अनुसन्धानमा सहभागी शाकाहारीहरू बढी पाका, अधिक शिक्षित र वैवाहिक सम्बन्धमा रहने सम्भावना भएका देखिए ।  अल्कोहलमा कम रुचि हुने तथा धूमपान पनि कम गर्ने र उनीहरूले शारीरिक अभ्यासमा बढी ध्यान दिएर ठिक्कको शरीर बनाएर राख्ने अनुसन्धान टोलीले जनाएको छ ।
एजेन्सी

No comments:

Post a Comment