Thursday, June 6, 2013

प्रेमको प्रतीक पनि चुनाव चिह्न !


२ जेठ, काठमाण्डौं । दल धरै भएपछि चुनाव चिह्न पनि धेरै हुने नै भयो । तर अव पुराना दलहरुबाहेक कुन पार्टीको कस्तो चुनाव चिह्न होला अनुमान गर्न गाह्रो छ । किनकि निर्वाचन आयोगमा १ सय ४२ दल दर्ता भएका छन् र सबैले आ-आफ्नै रुचिका चिह्न प्रस्ताव गरेका छन् ।
दर्ता भएका पार्टीले प्रस्ताव गरेकै चिह्न दिने/नदिने भन्ने निर्णय गर्न आयोगलाई गाह्रो परेको छ । तीन दलले आयोगको ‘चुनाव चिह्न बैंक’ मा नभएका चिह्न प्रस्ताव गरेका छन् । एउटा दलले त पीपलको पातमा धनुवाण हानेको (प्रेमको प्रतीक) चिह्नसमेत मागेको कान्तिपुर दैनिकमा खबर छ ।
लिम्बुवान मुक्ति मोर्चाले ‘गोलाकार ढाल, तरबार र धनुकाँड’ प्रस्ताव गरेको छ । त्यसैगरी राष्ट्रिय थारु समाज एकता पार्टीले ‘धोंगी’ प्रस्ताव गरेको छ । ताम्सालिङ जनएकता पार्टीले चाँही चुनाव चिह्नका रुपमा बज्र प्रस्ताव गरेको छ ।
आयोगले दल दर्ता हुन विधान, घोषणापत्र, नियमावली, झन्डा, चुनावचिह्नलगायत बुझाउन भनेको थियो । त्यसैअनुसार दलहरुले चुनाव चिह्न प्रस्ताव गरेका छन् । ‘अब बैंकमा भएका चिह्नहरु मुसो, बिरालो, भ्यागुतोले पनि नपुग्ने भयो,’ आयोगका कर्मचारीले भने, ‘दलहरुले प्रसताव गरेको नै दिने हो भने त नयाँ बनाउनुपर्ने हुन्छ ।’

No comments:

Post a Comment