Wednesday, June 5, 2013

नेपाल मा केही राम्रा मान्छे हरु को नाम लिनु पर्दा हरिबंस आचार्य को नाम दुई तीन नम्बर मा नै लिने गर्छु उन्को आत्मा कथा चिना हराएको मान्छे पढ्न पाउदा खुशी लाग्यो । हुनत सफल वक्त्ती को जीवन कथा आत्मा कथा हुन्छ अरु साधारण मानिस को कथा मन को ब्यथामा सिमित हुन्छ । नेपाल परिवर्तन गर्ने क्रम मा कयौ नेता हरु ले जती भुके पनि हरिबंस ले दुई चार शब्द बोले पनि जनता को समर्थन प्राप्त गर्न सफल हुन्छन उनी। राजनीति मा नलागेर पनि देस को महत्वपूर्ण काम मा भूमिका निभाउन सकिन्छ भन्ने कुरा उनी बाट प्रमाणित हुन्छ। उनी सँग कयौ परिवर्तन लाई उलट्पुलट गर्ने सक्ती छ। देस को सेवा गर्न राजनीति मै लाग्न पर्छ भन्ने छैन भन्ने राम्रो उदाहरण हुन उनी। सहकार्य को लागि मह जस्तो हुनुपर्छ श्रीमान श्रीमती को सम्बन्ध राम्रो राख्न मिरा हरी हुनुपर्छ संघर्स लाई सफलता मा परीणत गर्न चाहने ,जीवनमा सेतो धन कमाउन चाहने , राजनीति मा नलागेर पनि देस को सेवा गर्न हरिबंस जस्तो हुनुपर्छ यी कुरा अझ बुझ्न चिना हराएको मान्छे पढनु पर्छ । हरिबंस आचार्य लाई धन्यवाद । राजनीति कर्मी रुपी धमिराहरु ले देस सक्न लागि सके तपाईं हरु ले खबर्दारी रुपी औंला उठाउन नछोड्नु होला । हजार बन्दुक भन्दा तपाईं को एक बोली ले ठुलो काम गर्छ करोडौ नेपाली जनता तपाईं को साथ छन।

No comments:

Post a Comment