Thursday, June 6, 2013

ताप्लेजुङको थुकीमा ६ मा गएको पहिरोमा परि ८ जनाको ज्यान जानुका साथै ३ जना बेपत्ता

ताप्लेजुङ, जेठ २३ - ताप्लेजुङको थुकीमा ६ मा गएको पहिरोमा परि ८ जनाको ज्यान जानुका साथै ३ जना बेपत्ता भएपछि अहिले गाउँ शोकमा परेको छ ।

गाबिसका विद्यालयहरु बन्द गरिएका छन् भने विद्यालयका शिक्षक तथा विद्यार्थीहरु पहिरोमा परि बेपत्ता भएका व्यक्तिको खोजीमा लागेको त्रिभुवन उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा प्राचार्य ईश्वरी भट्टराईले टेलिफोनमा जानकारी दिनुभयो ।
थुकिम्बा गाबिस ४ मा रहेको त्रिभुवन उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा प्राचार्य भट्टराईले आफ्ना बिद्यालयमा पढ्दै गरेका ५ जना विद्यार्थी पाहिरोमा परेकोले विद्यालय तथा विद्यालय परिवार शोकमा परेको बताउनुभयो ।
त्रिभुवन उच्च माबिमा कक्षा ६ मा अध्ययनरत खगेन्द्र सिवा, ७ मा अध्ययनरत नानीराम सिवा, ४ मा अध्ययनरत नैनकला सिवा, कक्षा १ मा अध्ययनरत आशिक र आशिका सिवाको पहिरोमा परि ज्यान गएको थियो ।

भुइँचालो आए जस्तै गरी घर हल्लियो

वुधवार राती १ बजेतिर पहिरो जाँदा वरपरका घर भुइँचालो अएजस्तै गरी हल्लिएको स्थानीयबासिन्दाले बताएका छन् ।  ‘ठुलो आवाज आयो र घर भुइँचालो आएजस्तै गरी हल्लिायो’,  प्रधानाध्यापक भट्टराईले भन्नुभयो ‘कम्पन रोकीएपछि बाहिर निस्किएर हेर्दा त पहिरोले घरहरु नै बगाएको रहेछ ।’
त्यस लगत्तै आफूहरु उद्धारमा जुटेको उहाँले बताउनुभयो । अहिले पनि विस्तारै विस्तारै पहिरो बगेकाले उद्धारमा समस्या आएको जानकारी दिनुभयो । पहिरो गएको गाउँमा दुई हप्तादेखि लगातार पानी परिरहेको छ ।

source: Ujyalo

No comments:

Post a Comment