Tuesday, June 25, 2013

crbt

मोबाइलमा फोन गर्ने व्यक्तिहरुलाई गीत सुनाउने राम्रो माध्यम हो सीआरबीटी (कलर रिङब्याक टोन)। यसले तपाइँको व्यक्तित्व मात्र झल्काउँदैन तपाइँलाई साथीभाई बीच लोकप्रिय पनि बनाउँछ। त्यसो त यस्ता गीत तपाइँले आफ्नो फोनमा राख्दा गायक, रचनाकार तथा संगीतकारका लागि समेत आम्दानीको बाटो बन्छ। त्यसो त सीआरबीटी बारेमा नै गीत पनि बनेका छन्। दशैं तीहार जस्ता महान पर्वहरुको शुभकामना सन्देश समेत मोबाइलमा उपलब्ध यही सेवाबाट दिन सकिन्छ। यसखालको सेवा मोबाइल सेवा प्रदायक सबैले दिने गरेका छन्। यहाँ भने नेपाल टेलिकमको मोबाइलमा सीआरबीटी राख्ने तरिका वर्णन गरिएको छ।
नेपाल टेलिकमको प्रिपेड सेवा नमस्ते तथा पोस्टपेडमा सीआरबीटी राख्नका लागि तीनवटा तरिका छन्। एउटा एसएमएस, अर्को फोन गरेर राख्ने र तेस्रो हो अनलाइनबाटै सीआरबीटी छनौट गरेर राख्ने। एसएमएसबाट सीआरबीटी छानेर आफ्नो फोनमा राख्नका लागि १४५५ मा एसएमएस गर्नुपर्छ भने फोन गरेर राख्नका लागि १६०९ मा फोन गर्नुपर्छ। त्यसो त नेपाल टेलिकमको वेबसाइट ntc.net.np मा गएर पनि आफ्नो मोबाइलमा सीआरबीटी राख्न सकिन्छ। यी तीनवटै तरिका यसरी अपनाउन सकिन्छ।
 एसएमएसबाट सीआरबीटी राख्ने तरिका
१.    मोबाइलमा सीआरबीटी सेवाका लागी HELP   टाईप गरेर १४५५ मा एसएमएस गर्ने
२.    सीआरबीटी सेवाका लागि रजिस्टर गर्न REG  टाईप गरेर १४५५ मा एसएमएस गर्ने
३.    सीआरबीटी पुनः रजिस्टर गर्न UNR  टाईप गरी १४५५ मा एसएमएस गर्ने
४.    सीआरबीटी सेवामा पासवर्ड परिवर्तन गर्न CPW+ new password  टाईप गरी १४५५ मा एसएमएस गर्ने
५.    टेलिकमले पछिल्लोपटक सुझाएका गीत थाहा पाउन TOP  टाईप गरी १४५५ मा एसएमएस गर्ने
६.    ५ धेरै मन पराइएका कलर ट्युन थाहा पाउन PH  टाईप गरी १४५५ मा एसएमएस गर्ने
७.    आफुले रोजेका धुनको विस्तृत जानकारी लिनका लागी DET  र कलर ट्युन कोड टाईप गरी १४५५ मा एसएमएस गर्ने जस्तै M DEF+0120010266
८.    आफुले रोजेको सीआरबीटी खरिद गर्न DEF  कलरट्यून  कोड  टाईप गरी १४५५ मा एसएमएस गन जस्तै M DEF+0120010266
९.    आफुले रोजेको  सीआरबीटी धुन default set गर्न mr कलरटयुन कोड टाईप गरी १४५५ मा एसएमएस गर्ने
१०.   सीआरबीटी सेवा  स्थगति गर्न dac  टाईप गरी १४५५ मा एसएमएस गर्ने
११.   सीआरबीटी सेवा पुनः सञ्चालन गर्न act  टाईप गर्ने १४५५ मा एसएमएस गर्ने
आइभीआर तथा फोन गरेर सीआरबीटी  राख्ने तरीका
१.    नयाँ एकाउन्ट खोल्नको लागी १६०९ मा डायल गर्ने
२.    नेपाली भाषाको लागी २ र अङ्ग्रेजीको लागी १ अंक २ थिच्ने
३.    त्यस पछि स्वागत गरेको आवाज सुन्नु हुन्छ ‘नेपाल टेलीकमको कलरटयुन सेवामा तपाईलाई स्वागत छ।’
४.    साथै भनेको हुन्छ ‘कृपया कलर ट्युन सेवा प्रयोग गर्न ६ अंकको पासवर्ड थिच्नुहोस र हया्स थिची अन्त्य गर्नुहोस’
५.    यसरी फोन गरेर सीआरबीटी राख्दा तपाईंले मेनु लिस्ट सुन्नु हुन्छ जसमा भनिएको हुन्छ। जसमा भनिइको नम्बरले विभिन्न काम गर्छन्। ती नम्बरको काम यस्ता छन्।
१ सोधपुछ तथा ring back tone order  गर्न
२ तपाईको व्यक्तिगत ring back tone library  व्यवस्थापन गर्न
३ ring back tone set  गर्न
४ password परिवर्तन गर्न
५ सेवा स्थगित गर्न
६ सेवा बन्द  गर्न
७ black list  व्यबस्थापन गर्न
८ ring tone order  गर्न
९ ring tones duplicate गर्न
१० caller tone कसैलाई उपहार दिन
११ ring back tone उपहार दिन
तपाइँले सीआरबीटी लिन लाग्नु भएकाले १६०९ डायल गरेपछि सुनिएको माथिको लिस्ट अनुसार ring back tone अर्डरका लागि १ थिच्नुहोस्।
यो १ नम्बर थिचेपछि तपाइँले library  को आधारमा जानकारी लिन १,   ring back tone no को आधारमा जानकारी लिन २ वा अधिल्लो मेनुमा फर्कन ० थिच्नुपर्छ।
अब १ नम्बर थिचेर तपाइँले system बाट हरेक दिन उत्कृष्टको सूचिमा आएका ring tone सुन्न र . download  गर्न सक्नुहुन्छ। त्यसका लागि आफूले सुन्न चाहेको ring tone को नम्बर र हृयास (#) थिच्नुपर्छ। यो भन्दा अघिल्लो मेनुमा र्फकनका लागि ० र # थिच्नुपर्छ। ring tone सुन्न चाहनुहुन्न भने कुनै पनि अंक थिच्नुहोस्।
यदी तपाइँले तीन पटक सम्म # थिच्नुभयो भने pre listening तालिकाको तीन नम्बरको गीत बज्नेछ।
pre listening बन्द गर्नका लागि कुनै पनि की थिच्न सक्नुहुन्छ।
आफूले कुनै गीत डाउनलोड गरेको निश्चित गर्न १ थिच्नुपर्छ। तालिकाको अर्को गीत सुन्नका लागि २ थिच्ने वा अघिल्लो मेनुमा र्फकनको लागि ० थिच्नुपर्छ।
यदी तपाइँले १ थिच्नुभयो र कुनै पनि गीतलाई सीआरबीटकिा रुपमा लिन चाहनुभयो भने उक्त गीतको मुल्य, सीआरबीटीका रुपमा एक्टिभ हुने समय अवधि र मिती सुन्न सक्नुहुन्छ। यती सुनिसकेपछि तपाइँले उक्त सीआरबीटी टोनलाई आफ्नो मोबाइलमा फोन गर्नेहरुलाई सुनाउन १ थिच्नुपर्छ।
यति गर्दा तपाइँले छानेको सीआरबीटी टोन तपाईंको व्यक्तिगत library मा डाउनलोड हुन्छ। अब यसलाई फोन गर्नेहरुलाई सुनाउनका लागि वा default गर्नका लागि तपाईंले फेरी १ थिच्नुपर्छ।
यति गरेपछि तपाईंले छानेको गीत तपाईंलाई फोन गर्नेले घण्टीको सट्टामा सुन्न सक्छन्।
NTC CRBT PAGE_How to add CRBT in Mobileटेलिकमको वेबसाइटबाट crbt राख्ने तरीका
१. नेपाल टेलिकमको crbt को वेब साईट http://crbt.ntc.net.np मा जानुहोस्
२. आफनो मोबाईल नम्बरमा crbt सेवा रजिस्टार गर्नको लागी वेब पेजको माथी बाँया कर्नरमा नम्बर भएको box  को register  मा click  गरेपछि आफनो मोबाइलमा नम्बर र code box मा दिइएकको code नम्बर entry गरी दाँया  तर्फको apply for a Dynamic password मा click गर्नुहोस  त्यसपछि तपाईको मोबाईलमा मोबाइलमा ६ अकंको dynamic   password sms बाट तपाईंलाई प्राप्त हुनेछ।
३. अब तपाईको आफनो मोबाइलमा नम्बर र sms मा आएको ६ अंकको password लाई माथी बाँया पट्टी राखेर log in गर्न सकिन्छ।
४. log in गरिसके पछि  तपाईंले टेलिकममा रहेको सबै भन्दा उत्कृष्ट गीत छान्न सक्नु हुनेछ।टेलिकमको crbt स्टोरमा भएका गीतहरुको सूचिबाट आफ्नो लागी गीत छान्नु भन्दा पहिला तपाईंले गीतहरू सुन्न पाउनु हुनेछ। त्यसको लागी तपाईले ring tone  को नामसँगैं रहेको preview को संकेत चिन्हमा click   गर्नुपर्छ।
५. ring tone  को नामसँगैं रहेको buy  अप्सनमा क्लिक गरेर आफूले चाहेको तीत छान्न र किन्न सकिन्छ। तपाईले गीत crbt को रूपमा सफलता पूर्वक किनेको सन्देश पप अपमा देखिन्छ। यति गरेपछि तपाईंले यो गीतलाई default  टोन बनाई library मा राख्न सक्नु हुनेछ।
६. यसरी तपाईले खरिद गरेको crbt  सेवा वा गीतको १५ दिनको हुन्छ। तर यसको म्याद सकिन अघि टेलिकमले तपाईंलाई sms गरेर जानकारी दिन्छ। तपाईंले चाहेको खण्डमा त्यसलाई फेरी खरिद गर्न सक्नुहुन्छ। नत्र आफैं १५ दिन पछि यो सेवा काटिन्छ।
ये सेवा लिनको लागी तपाइँले करसहित १२ रुपैंया ४३ पैसा तिर्नुपर्छ या तपाइँको ब्यालेन्सबाट उक्त रकम काटिन्छ। यो सेवा लिनका लागि एसएमएसको प्रयोग गर्नुभयो भने प्रतिएसएमएस करबाहेक १ रुपैंया र आइभीआर अर्थात् फोन गर्नुभयो भने चाहिँ प्रतिकलको करबाहेक तीन रुपैंया शुल्क लाग्छ। यदी वेबसाइटबाट गर्नुभएको खण्डमा चाहिँ कुनै पैसा लाग्दैन।

No comments:

Post a Comment